हाम्रो मिशन

हाम्रो लक्ष्य

एकीकृत भौतिक विकास योजना: राष्ट्रिय सहरी नीति २०६८ को परिधिभित्र रही, विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको एकीकृत भौतिक विकास योजना तयार गर्ने। जोखिम-संवेदनशील भू-उपयोग कार्यक्रम: राष्ट्रिय भू-उपयोग नीति २०६९ को मार्गदर्शनमा जोखिम-संवेदनशील भू-उपयोग कार्यक्रमको विकास, तर्जुमा र कार्यान्वयन गर्ने; जसले 'धनजनको सुरक्षा' बढाउनुका साथै आर्थिक उत्पादकत्व, खाद्य सुरक्षा र वातावरणीय तथा सौन्दर्य अभिवृद्धि गर्नेछ। सार्वजनिक यातायात संजालको गुरुयोजना: काठमाडौँ उपत्यकामा बढ्दो सहरी जनसङ्ख्याको गतिशीलता (आवतजावत) को मागलाई सम्बोधन गर्न र यातायात पूर्वाधारको विकासका आधारमा आवासीय तथा व्यावसायिक विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी सार्वजनिक यातायात संजालको गुरुयोजना तयार गर्ने। प्राधिकरणको क्षमता अभिवृद्धि: आवश्यक परेको खण्डमा स्वदेशी तथा विदेशी विकास साझेदारहरूलाई परिचालन र संलग्न गराई प्राधिकरणको वित्तीय, प्राविधिक र व्यवस्थापकीय क्षमतामा सुधार गर्ने। नमूना हरित भू-उपग्रह शहर (Satellite City): करिब ५,०००+ रोपनी जग्गामा नमुना हरित भू-उपग्रह शहरको प्रवर्द्धन गर्ने। हरियाली कार्यक्रम: काठमाडौँ उपत्यका हरियाली कार्यक्रमहरूको सुरुआत गर्ने। सार्वजनिक खुला क्षेत्रको विकास: पहिचान भइसकेका ५,००० रोपनी क्षेत्रफल बराबरका ८८७ वटा स्थलहरूमा सार्वजनिक खुला क्षेत्रको विकास गर्ने। अन्तर-निकाय सिकाइ तथा सहकार्यको मञ्च: सरोकारवालाहरूबीच काठमाडौँ उपत्यकाको विकास सम्बन्धी सोच (Vision), लक्ष्य (Mission) र रणनीतिहरूमा समान समझदारी कायम गर्न नेपालभित्र र बाहिरका निकायहरूसँग सिकाइ, आदानप्रदान र नवप्रवर्तनका लागि एक साझा मञ्च प्रवर्द्धन गर्ने। संस्थागत तथा क्षमता विकास: उपत्यका विकासका लागि 'सिकाइ - नवप्रवर्तन - प्रयोग' (LIA) केन्द्र स्थापना गर्नुका साथै प्राधिकरणको संस्थागत र क्षमता अभिवृद्धिका गतिविधिहरू सञ्चालन गर्ने। सेवा प्रदायक निकायहरूबिच समन्वय: सहरी विकासका महत्त्वपूर्ण पक्षहरू जस्तै— जग्गा प्रशासन, खानेपानी, ढल तथा फोहोरमैला व्यवस्थापन, सडक, सञ्चार, विद्युत् आदिसँग सम्बन्धित विभिन्न निकायका गतिविधिहरूबिच समन्वय गर्ने। सरोकारवालाहरूसँग सहकार्य: काठमाडौँ उपत्यकाका लागि प्राधिकरणको सोच र लक्ष्य हासिल गर्न एकेडेमिया (शिक्षा क्षेत्र), नागरिक समाज, व्यावसायिक निकाय, युवा उद्यमी, व्यावसायिक समुदाय र मिडियालाई संलग्न गराई उनीहरूको विचार, कार्यक्रम र कार्यहरूलाई एकीकृत गर्ने।